१९ मंसीर । दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको सुर्खेतमा सम्पुर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सवै मतदान केन्द्रमा मतदान अधिकृत सहितको टोली पुगेर मंगलबार र बुधवार मतदाता परिचय पत्र वितरणको कार्य भइरहेको कार्यालयका प्रमुख सुनिता थापाले जानकारी दिइन् ।
उता सुर्खेतका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले ढुक्क संग मतदान गर्न मतदाताहरुलाइ आग्रह गरेका छन् । 'सुरक्षाको प्रवन्ध हामीले मिलाएका छौ सवैले आ आफ्नो मतदान केन्द्रमा गइ ढुक्क संग मतदान गर्न सवैमा आग्रह गर्दछु ।'
निर्वाचनलाइ भयरहित वातावरणमा सम्पन्न गर्नको लागी सुरक्षा निकायसंग समन्वय गरी उचित सुरक्षाको प्रबन्ध मिलाइएको समेत सिवाकोटीले जानकारी दिए । जिल्लामा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी करिव २८०० को संख्यामा सुरक्षा कर्मी परिचालन गरिएको उनले बताए ।
जिल्लामा २ प्रतिनिधि सभा र ४ प्रदेश सभाको निर्वाचन क्षेत्र रहेको छ ।
प्रतिकृया दिनुहोस्