२० मंसिर । बिहिबार ४५ जिल्लामा हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका दिन अत्यावश्यक सवारी (एम्वुलेन्स, दमकल, खानेपानी, शववाहन, दूरसञ्चार तथा दूध ढुवानी) बाहेकका अन्य सवारीसाधन नचलाउन गृह मन्त्रालयले सूचना प्रकाशित गरेको छ ।
मतदानको दिन सुरक्षा व्यवस्थालाई लक्षित गरी आज राती १२ बजेदेखि भोलि बेलुका ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मतदान सकिएपछि साँझ ७ बजेबाट भने सबै सवारीसाधन चलाउन पाइने गृहमन्त्रालयले जनाएको छ ।
दोस्रो चरणअन्तर्गत ४५ जिल्लाका प्रतिनिधि सभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फ २५६ निर्वाचन क्षेत्रका लागि भोलि बिहान ७:०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म मतदान हुनेछ ।
मन्त्रालयले सबै मतदातालाइ बुधबारै अाफ्नाे मतदानस्थलमा पुग्न समेत अपिल गरेकाे छ ।
प्रतिकृया दिनुहोस्