२१ मंसीर । ४५ जिल्लामा चलिरहेको मतदानमा मतदाताहरु उल्लासपूर्ण रुपमा सहभागी भइरहेका छन् ।
बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनमा जनताहरुले उत्साह रहेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले हालसम्मको अपडेट अनुसार सातवटै प्रदेशमा ३ बजेसम्म करिब ६० प्रतिशत मत खसेको बताए।
दोस्रो चरण अन्तर्गत आज भइरहेको निर्वाचनमा १ करोड २२ लाख ३५हजार ९ सय ९३ मतदाताले मतदान गर्दैछन्।
दोस्रो चरणको निर्वाचनमा प्रतिनिधि सभाका १२८ क्षेत्रबाट प्रत्यक्षतर्फ १ हजार ६६३ तथा प्रदेश सभा सदस्यतर्फ २५६ क्षेत्रबाट २ हजार ८१९ जना उम्मेदवारहरु चुनावी भिडन्तमा उत्रिएका छन्। जसमा ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान चलिरहेको छ।
निर्वाचनको लागी १ लाख ५५ हजार कर्मचारी मतदान केन्द्रमा खटाएको आयोगले जनाएको छ।
प्रतिकृया दिनुहोस्