२१ मंसीर । निर्वाचन हुने क्षेत्रहरुमा विना अनुमति यातायातका साधनहरु चलाउन नपाइने नियम उलंघन गर्दे सुर्खेतका विभिन्न क्षेत्रहरुमा सवारी साधन चलिरहेका छन् ।
निर्वाचनको समयमा स्थानिय प्रशासनवाट पास लिएर मात्र सवारी साधन चलाउन पाउने कानुनी व्यवस्था छ तर पास प्राप्त गरेका सवारी साधनले मतदाताहरु ओसारपसार गर्नु हुदैन ।
जिल्लाका ग्रामीण सडक तथा वीरेन्द्रनगरका अधिकांश भित्री बाटोहरुमा पास विनानै निर्वाद मोटरसाइकिल तथा अन्य सवारी साधनहरुले मतदाताहरु ओसारीरहेको देख्न सकिन्छ ।
मतदाताहरु बोक्नको लागि प्रयोग गरिएका सवारी साधनका विषयमा प्रशासन तथा प्रहरी मौन देखिन्छन् ।
प्रतिकृया दिनुहोस्