२१ मंसीर । दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश ६ का तीन जिल्लामा बिहीबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।
दोस्रो चरण अन्तर्गत प्रदेश ६ का सुर्खेत, दैलेख र सल्यानका ५ प्रतिनिधिसभा र १० प्रदेशसभा सदस्यका लागि मतदान भएको छ ।
तीनवटा जिल्लामा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको ६ नं. प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त नायव महानिरीक्षक (एआईजी) रणबहादुर चन्दका अनुसार सवै जिल्लाको मतपेटीका उच्च सुरक्षाका साथ सदरमुकाम ल्याइदै गरेको जानकारी गराए ।
चन्दका अनुसार 'बिवाद रहित निर्वाचन सम्पन्न भएको छ, नजिकको मतपेटीका आज राती सम्म सदरमुकाम आइपुग्ने र टाढाको भोलीविहान सम्म अाइपुग्छ ।'
यस प्रदेशका अन्य सात जिल्लाहरुमा (हुम्ला, डोल्पा, मुगु, कालीकोट, जुम्ला, रुकुम (पश्चिम) र जाजरकोट) पहिलो चरण अन्तर्गत मंसीर १० गते मतदान भइसकेको छ । सात जिल्लामा बिहीवार साँझबाट मतगणना हुदै छ ।
प्रतिकृया दिनुहोस्