२१ मंसीर । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्र्तरगत दैलेखका ११ वटै स्थानीय तहहरुमा शान्तीपुर्ण रुपमा मतदान सम्पन्न भएको छ ।
११ वटा स्थानीय तह रहेको दैलेखमा कुल १ सय ९६ वटा मतदान स्थलहरुमा छिटपुट रुपमा सामान्य खालका घटनाबाहेक शान्तपुर्ण रुपमा नै मतदान कार्य सम्पन्न भएको दैलेखका मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए ।
दैलेखका ४ नगरपालिका र ७ गाउँपालिकाका कुल १ लाख ३९ हजार ९ सय ४४ जना मतदाता रहेको दैलेखमा बिहिवार सम्पन्न भएको निर्वाचनमा ६० प्रतिशत मत खसेको लवटले जानकारी गराए ।
मतपेटीका सदरमुकाम ल्याईसकेपछि सबै राजनैतिक दलहरु र विभिन्न सरोकारवालाहरु बिच बैठक बसेर सहमती अनुसार मतगणना सुरू गरिने उनले बताए ।
प्रतिकृया दिनुहोस्