Birendranagar Municipality

जनमावि केन्द्रमा महिलाको नेतृत्वमा मतदान सम्पन्न (फोटोफिचर)

मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षा नेतृत्व र अन्य कर्मचारी समेत महिला
सेरोफेरो/सुर्खेत
जनमावि केन्द्रमा महिलाको नेतृत्वमा मतदान सम्पन्न (फोटोफिचर)

२१ मंसीर ।  वीरेन्द्रनगर स्थित जनमावि केन्द्रमा महिला कर्मचारीहरुको नेतृत्वमा निर्वाचन सम्पन्न भएको छ । मतदान अधिकृत देखि सुरक्षाको नेतृत्वसमेत महिलाहरुले नै गरेका छन् । कुल ३०६३ मतदाता रहेको यस केन्द्रमा तिनवटा मतदान स्थल रहेका छन् ।

 

यस मतदान केन्द्रको (क) नं. मतदान स्थलको मतदान अधिकृतमा शैक्षिक तालिम केन्द्रका प्रमुख दिपा हमाल तथा कर्मचारीहरुले नेतृत्व गरेका थिए । यसैगरी (ख) नं मतदान स्थलमा मतदान अधिकृत महिला तथा बालवालीका कार्यालय सुर्खेतका प्रमुख जमुना पौडेल तथा कर्मचारीहरु खटिएका थिए ।

 

(ग) नं मतदान स्थलको मतदान अधिकृत जिल्ला प्रशासन कार्यालय सुर्खेतका शाखा अधिकृत नन्दा पौडेल नेतृत्वमा अन्य कर्मचारीहरुले मतदान कुशलतापूर्वक सम्पन्न गरेका छन् ।

 

यस केन्द्रमा सहायक मतदान अधिकृत, सुरक्षा प्रमुख तथा अन्य कर्मचारी समेत महिलाहरु नै थिए ।

 

मतदान केन्द्रको सुरक्षा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक निरीक्षक मञ्जु चौधरीले गरेकी थिइन् । यस केन्द्रमा १२३९ महिला र ९६३ पुरुष गरी जम्मा २२०२ मत खसेको मतदान अधिकृत दिपा हमालले जानकारी दिइन् ।

 

1

2

3

5

6

7

 

२०७४ मंसीर २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्