२१ मंसीर । दोश्रो चरणको निर्वाचन अन्तर्गत सल्यानमा ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मदन वहादुर धामीले जानकारी गराए ।
कार्यालयका अनुसार कपुरकोट गाउँपालिकामा ६४.२३ प्रतिशत, दार्मा गाउँपालिकामा ६२.८८ प्रतिशत र कुमाख मालिका गाउँपालिकामा ५८.७० प्रतिशत मत खसेको छ । यस्तै कालीमाटी गाउँपालिकामा ५६ प्रतिशत, छत्रेश्वरी गाउँपालिकमा ५७ प्रतिशत र त्रिवेणी गाउँपालिकामा ६०.८७ प्रतिशत र ढोरचौर गाउँपालिकामा ६२.६४ प्रतिशत मत खसेको छ ।
यसैगरी बागचौर नगरपालिकामा ५८.७० प्रतिशत, शारदा नगरपालिकामा ६१ प्रतिशत र वनगाड कुुपिण्डे नगरपालिकामा ५६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मदन वहादुर धामीले जानकारी दिए ।
अामाकाे किरियामा बसेकाले समेत मतदान गरे
जिल्लाको कुमाख गाउँपालिका ६ वडागाउँमा आमाको किरिया बसिरहेका ३ भाइले मतदान गरेका छन् । आमा लक्ष्मी केसीको किरियामा रहेका हुर्मत वहादुर केसी, गुञ्जमान केसी र वेद वहादुर केसीले मतदान गरेका हुन् । उनीहरुले साविकको वडागाउँ गाविस भवनमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
आमाको काजक्रियामा बसेका उनीहरुले शान्ती , स्थायी सरकार,र समाजबादको लागी करिब आधा घन्टाको बाटो हिडेर मतदान मान मतदान गर्न आउको बताएका छन् ।
यसैगरी वागचौर नगरपालिका १२ वाफुखोलामा पनि किरिया वसेका २ भाइले समेत मतदान गरेका छन् । तीन दिन अघि निधन भएकी आमा वुद्धी वलीको किरिया वसेका धन वहादुर वली र कलीराम वलीले मतदान गरेका हुन् ।
प्रतिकृया दिनुहोस्