२२ मंसीर । पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भइसकेको छ । मुस्ताङ र मनाङमा नेकपा एमालेले प्रतिनिधिसभा सदस्य पदमा बिजय हाँसील गरेको छ ।
मुस्ताङमा प्रेमप्रसाद तुलाचनले ३५४४ मत ल्याइ नेपाली काँग्रेसका रोमी गौचन थकालीलाइ पराजित गरेका छन् । गौचनले ३१८१ मत प्राप्त गरेका छन् ।
यस्तै मनाङबाट पोल्देन छोपाङ गुरुङ प्रतिनिधिसभा सदस्यमा चुनिएका छन् । एमालेका गुरुङले २३०० मत प्राप्त गरी पूर्वमन्त्री तथा कांग्रेस नेता टेकबहादुर गुरुङलाई २ सय ८९ मतले पराजित गरेका हुन् ।
यसैगरी पूर्वी रुकुमको समेत मतगणना सकिएको छ । पूर्वी रुकुममा नेकपा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन्।
रोकाले निकटम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ठूलो अन्तरले पछि पारिन् । रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४४०६ मत ल्याए ।
प्रतिकृया दिनुहोस्