Birendranagar Municipality

पुर्वी रुकुमका सबै क्षेत्रमा माओवादी विजयी

सेरोफेरो
पुर्वी रुकुमका सबै क्षेत्रमा माओवादी विजयी

२२ मंसीर । पुर्वी रुकुममा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् ।


प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भएकी छन् । रोकाले नेपाली कांग्रेसका हरिशंकर घर्तीमगरलाई ६ हजार २८ मतअन्तरले हराइन् । रोकाले १० हजार ४ सय ३४ मत ल्याउँदा घर्तीले ४ हजार ४ सय ०६ मत ल्याए । नयाँ शक्तिका उम्मेदवार जितमान पुन ‘मार्शल’ले १ हजार ४ सय ८९ मत ल्याए ।


यसैगरी क्षेत्र (क) मा माओवादी केन्द्रका तेजबहादुर ओली ‘प्रतिक’ ५ हजार ४ सय २७ मतसहित बिजयी हुँदा उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दुतकुमार पुनले २ हजार १४४ मत पाए ।


त्यसैगरी, प्रदेशसभा (ख) मा माओवादी केन्द्र कै पूर्णबहादुर घर्ती ‘आयाम’ ले ५ हजार ८ सय १६ मत ल्याई विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार १ सय ११ मत ल्याए ।

२०७४ मंसीर २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्