२२ मंसीर । कालिकोटको प्रतिनीधिसभामा माओवादी केन्द्रका दुर्गवहादुर रावतले ५ हजार २ सय ५८ मतले अग्रता लिएका छन् । उनका निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसका भुपेन्द्रजङ शाहीले ४ हजार ८ सय ८४ मत प्राप्त गरेका छन् ।
११ हजार ४ सय ७७ मत गणना हुँदा ८ सय ३१ मत बदर भएको पाइएको छ ।
यसैगरी प्रदेशसभा (क) मा एमालेका कुर्मराज शाहीले ५ हजार ६ सय ३० मत प्राप्त गरेर अग्रता कायम गरेका छन् भने नेपाली कांग्रेसका टेकराज शाहीले १ हजार ८ सय ७८ मत प्राप्त गरे ।
यस क्षेत्रमा गणना भएको ८ हजार ८ सय ८५ मध्ये ४ सय ७२ मत बदर भएको छ ।
यसैगरी प्रदेशसभाको (ख) तर्फ माओवादी केन्द्रका महेन्द्रवहादुर शाहीले ४ हजार ४ सय २५ मत प्राप्त गरी अग्रता लिएका छन् भने उनका प्रतिश्पर्धी नेपाली काँग्रेसका कालिवहादुर सहकारीले ३ हजार २ सय ९० मत प्राप्त गर्दै उनलाई पछ्याइरहेका छन् ।
यस क्षेत्रमा हालसम्म खसेको ८ हजार ५ सय ८७ मतमा ६ सय ५६ बदर भएको छ ।
प्रतिकृया दिनुहोस्