Birendranagar Municipality

जित सुनिश्चित भएपछि जनार्दन शर्मा विमान चार्टर गरेर पुगे जिल्ला

सेरोफेरो

२२ मंसीर । पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रतिनीधिसभामा आफ्नो जित सुनिश्चित हुने देखिएपछि विमान चार्टर गरेर रुकुम पुगेका छन् ।


पहिलो चरणमा सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभाको चुनाव सकेर काठामाडौं गएका शर्मा तारा एयरको विमान चार्टर गरेर पश्चिम रुकुम पुगेका हुन ।


पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्मा काठमाडौं क्षेत्र नं. १ मा भाई अनिल शर्माको चुनावी प्रचारका लागि काठमाडौं गएका थिए ।


शर्माको जित सुनिश्चित भएकाले विजय र्‍यालीमा सहभागी हुन उनी हवाई चार्टर गरेर जिल्ला आएको बताइएको छ । शर्मा आफ्नो प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपालजी जंग शाहलभन्दा १० हजार चार सय ८६ मतले अगाडि छन् ।


शर्माले १७ हजार सात सय ३७ मत प्राप्त गरेका छन् । शाहले ७ हजार २ सय ५१ मत पाएका छन् । झन्डै तेब्बर मत अन्तरले अग्रता लिएका शर्माको जित सुनिश्चित देखिएको छ ।

२०७४ मंसीर २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्