२२ मंसीर । बझाङमा एमालेका भैरव सिंह प्रतिनिधिसभा चुनावमा विजयी भएका छन् ।
उनले ३४ हजार ५ सय ९७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वी सिंहले २६ हजार ९ सय १० मत ल्याए ।
बझाङमा कूल खसेको ६६ हजार ८ सय २७ मतमध्ये ६३ हजार ३ सय १० मत सदर भएको थियो भने ३ हजार ५ सय १७ मत बदर भएको थियो ।
प्रतिकृया दिनुहोस्