Birendranagar Municipality

हुम्ला प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी

सेरोफेरो

२२ मंसीर । हुम्लाको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा विजयी भएका छन् ।


उनले ८ हजार ४ सय ९१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मंगल बहादुर शाहीले ८ हजार ४ सय ४४ मत प्राप्त गरे । वामगठबन्धनका उम्मेदवार माओवादी केन्द्रका थिनि लामाले भने २ हजार ८ सय ५६ मत पाए ।


यसैगरी प्रदेशसभा (क) मा वाम गठबन्धनका उम्मेदवार एमालेका दल रावलले २ हजार ३ सयले अग्रता लिएका छन् । रावलले ६ हजार ४ सय ७ मत पाएका छन् भने नेपाली कांगे्रसका थान बहादुर रोकायले ३ हजार ८ सय ७६ मत प्राएका छन् ।


प्रदेशसभा (ख) को भने एक घण्टा पछि गणना गरिने बताइएको छ ।

२०७४ मंसीर २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्