Birendranagar Municipality

डोल्पा प्रदेशसभा (क) मा एमालेका नन्दसिङ बुढा विजयी

सेरोफेरो

२२ मंसीर । डोल्पा प्रदेशसभा (क) मा एमालेका नन्दसिङ बुढा विजयी भएका छन् । उनी नेपाली कांग्रेसका वेगमसिङ ठकुरीसंग ४ हजार २ सय ७७ मत अन्तरले विजयी भएका हुन ।

 

बुढाले ५ हजार ४ सय ९० मत प्राप्त गरे भने प्रतिश्पर्धी ठकुरीले १ हजार २ सय १३ मत हात पारे ।

 

यसैगरी प्रदेशसभा (ख) मा १ हजार ७ सय ८७ मत गणना भएको छ । जसमा वाम गठबन्धनका उम्मेदवार माओवादीका वीर बहादुर शाहीले १ हजार ९०, नेपाली कांग्रेसका सुरेश बहादुर शाहीले ५ सय ९ र नयाँ शक्तिका पुष्पराज बुढाले १८ मत प्राप्त गरेको पत्रकार रुपलाल बोहराढाले जानकारी दिए ।

 

बोहराका अनुसार प्रतिनिधिसभामा पनि गठबन्धनका उम्मेदवार एमालेका धनबहादुर बुढाले अग्रता लिएका छन् । १० हजार १ सय २१मत गणना हुँदा धनबहादुरले ७ हजार ६१ मत पाए भने नेपाली कांग्रेसका अंगत बुढाले २ हजार ४ सय ९१ मत प्राप्त गरे । यसैगरी मालेका हर्क बहादुर ठकुल्लाले १ सय ८३ र राष्ट्रिय जनमुक्ति पार्टीका अर्जुन बहादुर शाहीले १६ मत पाएका छन् ।

 

२०७४ मंसीर २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्