Birendranagar Municipality

जाजरकोटका सबै क्षेत्रमा वामको अग्रता

सेरोफेरो

२२ मंसिर । जाजरकोटमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा वामबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।


प्रतिनिधिसभामा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले ८ हजार ९ सय ३७ मत प्राप्त गरेका छन् । कांग्रेसका राजीव विक्रम शाहले ६ हजार ३ सय ५१ मत पाएका छन् ।


प्रदेशसभा (क) तर्फ १६ हजार मत गणना गर्दासम्म माओवादीका गणेशप्रसाद सिंहले ८ हजार ५ सय ४४ र कांग्रेसका बेदराज सिंहले ६ हजार ४ सय १४ मत पाए ।


त्यस्तै प्रदेश (ख) तर्फ १८ हजार मत गणना गर्दा एमालेका करबीर शाहीले १० हजार १ सय ५५ र कांग्रेसका दीपकजंग शाहले ७ हजार २ सय ७९ मत प्राप्त गरेका छन् । मतगणना बिहीबार साँझ ५ बजेदेखि सुरु भएको थियो ।


जिल्लामा ८४ हजार मतदातामध्ये ६० हजार ९ सयले मतदान गरेका थिए । प्रदेश सभा ‘क’ मा ३२ हजार ६ सयले र ‘ख’मा २८ हजारले मतदान गरेका थिए ।

२०७४ मंसीर २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्