Birendranagar Municipality

प्रतिनिधि सभा सदस्यमा काठमाडौंका कुन नेताले बाजी मारे

सेरोफेरो

२३ मंसिर । काठमाडौंमा प्रतिनिधिसभा अन्र्तगत रहेका १० वटा निर्वाचन क्षेत्र मध्ये अहिलेसम्म ५ वटा निर्वाचन क्षेत्रका नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएका ५ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले ३ वटा क्षेत्रमा जित हाँसिल गरेको छ । बाम गठबन्धनबाट नेकपा एमालेले २ वटा क्षेत्रमा जितेको छ ।

 

काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिहं बिजयी भएका छन् । विवेकशिल साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले कडा टक्कर दिएका थिए । १० हजार ९ सय ३७ मत सिहंले प्राप्त गरेका थिए भने साझा पार्टीका मिश्रले १० हजार ११८ मत ल्याएका थिए ।

 

क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन् । उनले बाम गठबन्धनका राजन भट्टराई पराजित गरेका हुन् । थापा २१ हजार ५ सय ५८ मत प्राप्त गरि विजयी भएका हुन् ।

 

क्षेत्र नम्बर ८ बाट नेकपा एमालेका नेता जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार नविन्द्रराज जोशीलाई पराजित गरेका हुन् । श्रेष्ठले १३ हजार ३९७ मत पाएका छन् भने जोशीले १२ हजार ९५३ मत पाएका छन् ।

 

क्षेत्र नम्बर ९ मा एमालेमा कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ८ हजार ५० मत अन्तरले हराए । कृष्णगोपालले २२ हजार ८५२ मत प्राप्त गरेका थिए भने ध्यानगोविन्दले १४ हजार ८०२ मत पाएका छन् ।

 

यसैगरी क्षेत्र नम्बर १० बाट नेपाली कांग्रेसका उम्मेदवार राजन केसी विजयी भएका छन् । उनले माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई २ हजार २ सय ८३ मत अन्तरले हराएका हुन् । खेलकुद मन्त्री समेत रहेका केसीले २४ हजार १९० र शाक्यले २१ हजार ९०७ मत पाएका छन् ।

२०७४ मंसिर २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्