२३ मंसिर । दुई चरणमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनको पक्षमा जनलहर देखिएको छ । कांग्रेसले ४ प्रतिनिधिसभामा जीत हासिल गर्दा वाम गठबन्धनले २६ स्थानमा जीत हासिल गरको छ ।
शनिबार दिउसो १ बजेसम्मको नतिजाअनुसार नेकपा एमालेले १९ प्रतिनिधिसभा जितेको छ भने प्रदेशसभामा १२ सिट जितेको छ । नेकपा माओवादी केन्द्रले ७ प्रतिनिधिसभा र ९ प्रदेशसभामा जित हासिल गरेको छ । भने नेपाली कांग्रेसले ४ प्रतिनिधिसभा र ३ वटा प्रदेशसभा जितेको छ ।
हुम्लाबाट छक्क बहादुर लामाले स्वतन्त्र प्रतिनिधिसधामा जित हासिल गरेका छन् ।
एमालेबाट धादिङ १ मा भूमि त्रिपाठी, मोरङ ३ भानुभक्त ढकाल, मोरङ १ धनश्याम खतिवडा, बझाङ भैरवबहादुर सिंह, मोरङ ६ लालबाबु पण्डित, धादिङ १ खेमप्रसाद लोहनी, बागलुङ १ सूर्यप्रसाद पाठक, ओखलढुंगा यज्ञराज सुनुवार, ताप्लेजुङ योगेश भट्टराई, दार्चुला गणेशसिंह ठगुन्ना, बाजुरा लालबहादुर थापा, ललितपुर २ कृष्णलाल महर्जन, म्याग्दी भूपेन्द्र बहादुर थापा, काठमाडौं ३ कृष्णबहादुर राई, काठमाडौं ८ जीवनराम श्रेष्ठ, डोल्पा धनबहादुर बूढा, मुस्ताङ प्रेमकुमार तुलाचन, मनाङ पाल्देन छेपाङ गुरुङ र मुगुमा गोपालबहादुर बम विजयी भएका छन् ।
माओवादी केन्द्रबाट पूर्व रुकुम कमला रोका, ललितपुर ५ पम्फा भुसाल, जुम्ला गजेन्द्रबहादुर महत, सोलुखुम्बु हेमकुमार राई, सिन्धुपाल्चोक १ अग्निप्रसाद सापकोटा, रुकुम पश्चिम जनार्दन र बागलुङ २ देबेन्द्र पौडेल रहेका छन् ।
नेपाली कांग्रेसबाट काठमाडौं ४ गगन थापा, रसुवा मोहन आचार्य र काठमाडौं १ प्रकाशमान काठमाडौं १० बाट राजन केसी रहेका छन् ।
प्रतिकृया दिनुहोस्