Birendranagar Municipality

माेरङ २ बाट काँग्रेसका मिनेन्द्र रिजाल विजयी

सेरोफेरो
माेरङ २ बाट काँग्रेसका मिनेन्द्र रिजाल विजयी

२३ मंसिर । मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल विजयी भएका छन् । रिजालको जितसँगै मोरङमा कांग्रेसले विजयी खाता खोलेको छ ।

 

रिजालले ३५,८१९ मत ल्याइ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरलले ३४,०१४ मत ल्याएका थिए ।

 

यसअघिनै एमालेबाट माेरङ १ मा घनश्याम खतिवडा, ३ मा भानुभक्त ढकाल र ६ मा लालबाबु पण्डित विजयी भएका छन् भने ४ मा माअाेवादी केन्द्रका अमनलाल माेदीले जित हात पारेका छन् ।  

 

माेरङ ५ मा पनि बाम गठबन्धनका उमेदवार शिव कुमार मण्डल (केवट) काे अग्रता कायम छ ।

२०७४ मंसिर २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्