२३ मंसिर । काठमाडौं ६ को प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार भीमसेनदास प्रधान विजयी भएका छन् । रक्षामन्त्री समेत रहेका प्रधान १६७८० मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका झक्कुप्रसाद सुवेदीले १५४६७ मत प्राप्त गरेका छन् ।
माओवादी केन्द्रका नेता सुवेदी ६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट एमालेका तत्कालीन महासचिव माधव कुमार नेपाललाई पराजित गरेपछि चर्चामा आएका थिए ।
प्रतिकृया दिनुहोस्