२३ मंसिर । दैलेखका ४ प्रदेश सभा सदस्यमा बाम गठबन्धनका उमेदवारहरु विजयी भएका छन् । चारैजना निर्वाचित सदस्यहरुले नेपाली काँग्रेसका उमेदवारहरुलाई पराजित गरेका हुन् ।
प्रदेश सभा १ (क)मा माओवादी केन्द्रका धर्मराज रेग्मी र १ (ख)मा एमालेका अम्मरबहादुर थापा निर्वाचित भएका छन् भने प्रदेश सभा २ (क) र (ख)बाट नेकपा एमालेका उमेदवारहरु सुशीलकुमार थापा र राजबहादुर शाही निर्वाचित भएका छन् ।
प्रतिनिधिसभाको जारी मतगणनामा समेत बाम गठबन्धनका तर्फबाट एमालेका उमेदवार रबिन्द्रराज शर्मा र राजबहादुर बुढाक्षेत्रीको अग्रता कायम छ । दैलेखमा प्रदेश सभाको मतगणना सम्पन्न भएपश्चात् प्रतिनिधिसभाको मतगणना शुरु गरिएको थियो ।
प्रतिकृया दिनुहोस्