२४ मंसीर । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा वाम गठवन्धनका उम्मेदवार ध्रुवकुमार शाही ३ हजार ३ सय ८२ मतान्तरले विजयी भएका छन् । उनले ३६७५९ मत पाए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका पुर्ण बहादुर खड्काले ३३३७७ मत पाए ।
नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री खड्का पूर्व गृहमन्त्री समेत हुन् । नेपाली काँग्रेसले खड्कालाइ जित सुनिश्चित भएकाे सूचीमा राखेकाे थियाे । दुइबीचकाे प्रतिस्पर्धालाइ राेचकतापूर्वक हेरिएकाे थियाे ।
विजयी भएलगत्तै संचारकर्मिसंगको अनौपचारिक कुराकानीमा शाहीले आफ्नो कार्यकालमा कृषिमा आत्मनिर्भरता, क्षेत्रभर विद्युतिकरण गर्ने, यातायात व्यवस्थित बनाइने कुरालाई महत्व दिने बताए ।
यसैगरी सुर्खेत प्रदेश सभा १ (क) मा बाम गठबन्धनका उमेदवार ठम्मर बिष्ट विजयी भएका छन् । निर्वाचन अधिकृतकाे कायार्लयका अनुसार बिष्टले १५३५२ मत ल्याएका छन् । उनले प्रतिस्पर्धी नेपाली काँग्रेसका टेकबहादुर सिंहलाइ २२० काे मतान्तरले हराएका थिए ।
प्रतिकृया दिनुहोस्