Birendranagar Municipality

दैलेखका ६ वटै क्षेत्रमा बाम गठबन्धनकाे जित

खगेन्द्र राना मगर/दैलेख
दैलेखका ६ वटै क्षेत्रमा बाम गठबन्धनकाे जित

२४ मंसिर । दैलेखका २ प्रतिनिधि र ४ प्रदेश सभा सदस्यमा बाम गठबन्धनका उमेदवारहरु विजयी भएका छन् ।

 

प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका रबिन्द्रराज शर्मा र २ मा राजबहादुर बुढा निर्वाचित भएका हुन् । शर्माले कुल २३७७३ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उमेदवार राप्रपाका दिपककुमार शाहील १७२५२ मत पाएका थिए ।


यस्तै प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका एमालेका राजबहादुर बुढाले २३३२३ मत र उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका उमेदवार शिवराज जोशीले १६६३४ मत पाएका थिए ।


दैलेखका चार प्रदेश सभा सदस्यमा बामगठबन्धनको तर्फबाट माओवादी केन्द्रका धर्मराज रेग्मी तथा एमालेका अम्मरबहादुर थापा, सुशील थापा र राजबहादुर शाही यसअघि नै निर्वाचित भैसकेका छन् ।


रेग्मीले कुल १०३६१ मत र उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्णकुमार बिसीले ८७६५ मत प्राप्त गरेका थिए । यसैगरी अम्मरबहादुर थापाले १२५६७ मत प्राप्त गरी कांग्रेसका जगतजंग थापालाई १९८३ मतान्तरले हराएका थिए ।


दैलेख प्रदेश सभा २ (क) बाट निर्वाचित सुशील थापाले काँग्रेसका मधुरबिक्रम खनाललाई २७८६ मतान्तरले हराई निर्वाचित भएका हुन् । थापाले ११०८४ मत पाएका थिए ।


यसैगरी प्रदेश सभा २ (ख) बाट एमालेका राजबहादुर शाही ११४४५ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिक्पाल शाहीले ८४६६ मत पाएका थिए ।


बाम गठबन्धनका उमेदवारहरुको जितसंगै दैलेखमा बाम बर्चस्व कायम भएको छ ।

 

२०७४ मंसिर २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्