Birendranagar Municipality

समानुपातिकतर्फ पनि एमाले पहिलो दल

सेरोफेरो

२४ मंसिर । पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणना भइरहेको छ । मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले पहिलो स्थानमा छ भने कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा छ ।

यसैगरी चौथो स्थानमा नयाँशक्ति पार्टी र पाँचाैंमा राजपा रहेको निर्वाचन निर्वाचन आयोगले जनाएको छ ।

 

आइतबार बिहानसम्मको मतगणनामा समानुपातिकतर्फ खसेको मतपरिणाम यस्तो छ ।

१. नेकपा एमाले ७३२९३
२. नेपाली कांग्रेस ६९८४९
३. माओवादी केन्द्र ३०२६२
४. नयाँ शक्ति ५२४१
५. राजपा ३४८५
६. राप्रपा २४००
७. विवेकशील साझा ८३७
८. राप्रपा प्रजातान्त्रिक ६०४
९. संघीय समाजवादी फोरम ४५८

२०७४ मंसिर २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्