Birendranagar Municipality

केपी ओली दोब्बर बढी मतले विजयी, हालसम्मकै सर्बाधिक मत

सेरोफेरो
केपी ओली दोब्बर बढी मतले विजयी, हालसम्मकै सर्बाधिक मत

२४ मंसिर । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

 

उनी ५७१३९ मत ल्याई निर्वाचित भएका हुन् । यो निर्वाचनमा हालसम्म विजयी उम्मेदवारले ल्याएको मत मध्ये ओलीको मत सर्वाधिक हो ।

 

अाेलीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमेदवार डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका थिए । उनकाे मत अाेलीले पाएकाे मतभन्दा अाधा कम छ ।

२०७४ मंसिर २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्