Birendranagar Municipality

सोमबार बिहान ८:३० सम्मको अपडेट, कहाँ कसले कति सिट जिते ?

सेरोफेरो

२५ मंसिर । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मत गणना जारी छ । 

 

अहिलेसम्म एमालेले प्रतिनिधिसभातर्फ ७५ स्थान र प्रदेशसभातर्फ १३७ स्थानमा विजय हासिल गरेको छ । त्यसैगरी माओवादीले प्रतिनिधिसभा सभातर्फ ३२ र प्रदेशसभातर्फ ६० स्थानमा जित हासिल गरेको छ भने कांग्रेसले १७ प्रतिनिधिसभा र ३१ प्रदेशसभा सदस्य जितेको छ ।

 

संघीय समाजवादी फोरमका प्रतिनिधिसभातर्फका ७ र प्रदेशसभातर्फका १८ उमेदवार विजयी भएका छन् । राजपाले ८ प्रतिनिधिसभा र ५ प्रदेशसभातर्फ जित हासिल गरेको छ । नयाँ शक्तिले प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ स्थानमा जितेको छ त्यसैगरी राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभामा १ र प्रदेशसभातर्फ २ स्थानमा जित हासिल गरेको छ ।

२०७४ मंसिर २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्