Birendranagar Municipality

सुर्खेतमा वाम गठबन्धनको 'क्लिन स्वीप'

सेरोफेरो
सुर्खेतमा वाम गठबन्धनको 'क्लिन स्वीप'

२५ मंसिर । प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा रहेको सुर्खेतको प्रत्यक्षतर्फको मतगणना सोमबार सकिएको हो । सुर्खेतमा प्रतिनिधि सभाका २ सिट र प्रदेश सभाका ४ सिटमा बामगठबन्धले बाजी मारेको छ । २०७० सालको संविधानसभाको चुनावमा तीनवटा सिट जितेको नेपाली काँग्रेसलाई प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा गठबन्धनले क्लिन स्वीप गरेको हो ।

 

सुर्खेत क्षेत्र नम्बर १ मा अहिलेसम्मका चुनाबमा अपराजित नेपाली कांगे्रसका पूर्व सहमाहामन्त्री एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्कालाइ एमाले जिल्ला अध्यक्ष ध्रुवकुमार शाहीले पराजित गरेका छन् । शाही ३६,७५९ मत ल्याएर विजयी भए । खड्काले ३३,३७७ मत ल्याए ।

 

यस्तै प्रदेश १ (क) मा माओवादीका युवा नेता ठम्मर विष्टले कांग्रेस जिल्ला उपसभापति टेकबहादुर सिंहलाई १५,३५२ मतका साथ पराजित गरेका छन् । सिंहले १५,१३२ मत ल्याएका छन् ।

 

प्रदेश १ (ख) मा एमालेका खड्क खत्रीले काँग्रेसका झकबहादुर डांगीलाई हराएका छन् । खत्रीले २१,६२१ र डांगीले १७,७२८ मत पाएका थिए ।

 

यसैगरी सुर्खेत २ मा एमाले पूर्व जिल्ला अध्यक्ष नवराज रावतले पूर्व मन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य हृदयराम थानीलाई ३७,४४७ मतका साथ पराजित गरेका छन् । थानीले २८,६४६ मत पाएका छन् ।

 

क्षेत्र नम्बर २ (क) मा पूर्व मन्त्री तथा एमालेका पोलिटव्युरो सदस्य यामलाल कंडेलले कांग्रेस जिल्ला सभापति कमलराज रेग्मीलाई हराएका छन् । उनले २१,२८२ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी रेग्मीले १५,९४७ मत प्राप्त गरेका छन् ।

 

यसैगरी क्षेत्र नम्बर २ (ख) मा पनि वाम गठबन्धनवाटै माओवादी केन्द्रका विन्दमान बिष्टले बहालवाला सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई पराजित गरेका छन् ।

 

उनले १५,६४८ मत ल्याएर विजयी हुँदा निकतटम प्रतिद्वन्द्वी तप्तबहादुर विष्टले १२,४७७ मत प्राप्त गरेका थिए ।

 

यसैबीच नेपाली काँग्रेसका उमेदवारहरू पूर्णबहादुर खड्का र कमलराज रेग्मीले बिज्ञप्ति जारी गरीअाफ्ना प्रतिस्पर्धीहरूलाइ बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।

२०७४ मंसिर २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्