२६ मंसिर । शारदा मिडिया संगमद्धारा सञ्चालित रेडियो राप्ती एफ. एम १०४.८ मेगाहर्ज सल्यानले आज मंगलबार १० औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा रचनात्मक कार्य गर्दै आएको रेडियोले जिल्ला अस्पताल सल्यानमा खानेपानीको जार तथा फोहोर व्यवस्थापनका लागि सामाग्री उपलव्ध गराएको हो ।
शारदा मिडिया संगमका अध्यक्ष रमेश कुमार गौतमले अस्पतालका डाक्टर प्रदिप शर्मालाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
सामाग्री वुझदै डाक्टर शर्माले रेडियो राप्तीले अस्पतालमा सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिदै समाजको ऐनाको रुपमा रहेका पत्रकार र सञ्चार माध्यमहरुले समाज रुपान्तरणका लागि रचनात्मक भुमिका खेल्नुपर्ने कुरामा जोड दिए । उनले रेडियाले समाजमा भएका विभिन्न समस्याहरुलाई उजागर गर्दै गएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो । रेडियो राप्ती एफ.एम. ले २०६४ साल मंसिर २६ गते बाट औपचारिक रुपमा आफ्नो प्रशारण शुरु गरेको थियो । हाल रेडियोले दैनिक १७ घण्टा प्रशारण गरिरहेको छ ।
जिल्ला अस्पताल सल्यानका डाक्टर प्रदिप शर्माको प्रमुख आथित्यतामा र शारदा मिडिया संगमका अध्यक्ष रमेश कुमार गौतमको अध्यक्षता कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिकृया दिनुहोस्