मंसिर । सुनसरी ३ बाट नेपाली काँग्रेसका उम्मेदवार विजय कुमार गच्छदार प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। उनले एमालेकी भगवती चौधरीलाई ३२१ मतअन्तरले पराजित गरेका हुन्।
उपप्रधानमन्त्री समेत रहेका काँग्रेसका गच्छदारले ३८,९७२ र बाम गठबन्धनकी उमेदवार चौधरीले ३८,६५१ मत पाए । मतगणनामा निरन्तर पछाडि परेका गच्छदारले अन्तिम समयमा प्रतिस्पर्धीलाइ उछिनेका हुन् । यो जितसँगै गच्छदारले ६ वटा चुनाव जितेका छन् ।
प्रतिकृया दिनुहोस्