Birendranagar Municipality

प्रदेश प्रमुख र संसद भवनको तयारी अधुरै (भिडियो हेर्नुहोस्)

सेरोफेरो/सुर्खेत
प्रदेश प्रमुख र संसद भवनको तयारी अधुरै (भिडियो हेर्नुहोस्)

२७ मंसिर । पहिलो पटक सम्पन्न प्रदेश सभाको निर्वाचन सकिए लगत्तै प्रदेश संसदको पहिलो बैठक बस्ने तयारी हुँदैछ । प्रदेश ६ को राजधानीको रुपमा सिफारिस गरिएको सुर्खेतको वीरेन्द्रनगरमा संसदको पहिलो बैठक बस्नेछ ।


यसका लागि आवश्यक पूर्वाधार तयारीको व्यवस्था भैरहेको प्रदेश कार्यालय सिफारिस कार्यदलका संयोजक केशबप्रसाद उपाध्यायले बताए । यससंगै प्रदेश प्रमुख र मुख्य मन्त्रीको कार्यालय तथा विभिन्न मन्त्रालयहरुका लागि आवश्यक भवनहरुको संभाव्यता अध्ययन गरि सिफारिस गरिएको उनले बताए ।


उनका अनुसार प्रदेश संसदका लागि शैक्षिक तालिम केन्द्र, प्रदेश प्रमुखको लागि क्षेत्रीय वन निर्देशनालय र तालिम केन्द्र र मुख्यमन्त्रीको कार्यालयका लागि हालको क्षेत्रीय प्रशासन कार्यालयलाई सिफारिस गरिएको छ ।


यसैगरी गृह मन्त्रालयका लागि जिल्ला जनस्वास्थ्य कार्यालय, अर्थ मन्त्रालयका लागि जिल्ला भूसंरक्षणको कार्यालय र प्रदेश कृषि तथा भूमि व्यवस्थापन मन्त्रालयका लागि जिल्ला र क्षेत्रीय कृषि कार्यालय सिफारिस भएका छन् ।


शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय हालको क्षेत्रीय शिक्षा कार्यालय तथा प्रदेश पूर्वाधार विकास मन्त्रालयलाई क्षेत्रीय सडक र डिभिजन सिचाई कार्यालयमा रहने छन् ।


सरकारले प्रदेश राजधानीको अस्थायी मुकाम नतोकेकोले कार्यालय व्यवस्थापनको कार्य सम्पन्न हुन ढिलाई भएको उपाध्यायले बताए । 'यसका लागि हामीले लागत अनुमान समेत गरी सिफारिस गरेका छौं । आवश्यक बजेट र आदेश प्राप्त हुनासाथ कार्य सम्पन्न गर्छौं', उनले भने ।

 

प्रदेश सभाका सदस्यहरु निर्वाचित भैसकेको अवस्थामा सरकारले प्रदेश प्रमुख नियुक्त गर्न सकेको छैन । प्रदेश प्रमुखले नै संसदहरुलाई सपथ खुवाउने कानुनी व्यवस्था छ ।

प्रदेश प्रमुखको कार्यालय

PC Office
मुख्य मन्त्रीको कार्यालय

CM Office

हेर्नुहाेस् भिडियाे ः

याे पनि पढ्नुहाेस् ः

प्रदेश ६ को मुख्यमन्त्रीमा कसले बाजी मार्ला ?

 

२०७४ मंसिर २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्