Birendranagar Municipality

 निर्वाचनले सृमद्धिको आशा जगायो : ओली 

सेरोफेरो
 निर्वाचनले सृमद्धिको आशा जगायो : ओली 

मंसिर २८ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न राजनीतिक परिवर्तनहरुले जनतामा नयाँ आकांक्षा जन्माउने बताएका छन् । यसपालीको निर्वाचन पनि त्यस्तै एउटा परिवर्तन भएकोले यसले जनतामा समृद्धिको आशा जगाउको जनाए । 

 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षको ज्ञापन पत्र आफ्नै निवास बालकोटमा आज बिहीबार बुझ्दै अध्यक्ष ओलीले ०४६ सालको परिवर्तन पछि देशमा निजीकरणका नाममा भ्रष्टाचार बढेको उनको भनाइ छ । ‘नीजिकरण र उदारीकरणका नाममा देशमा भएका ३८ वटा उद्योगहरु काँग्रेसको पालामा बेचिए ’ ओलीले थपे ‘जसले गर्दा स्वेदशमा भएको रोजगारी समेत गुमेर आज लाखौं युवा खाडीमा पसिना बगाइरहेका छन् ।’ ओलीले आगामी सरकारले स्वदेशमै राम्रो पारिश्रमिक सहितको रोजगारीको व्यवस्थामा ध्यान दिने बताए छ ।


महासंघका पूर्व अध्यक्षहरु महेशलाल प्रधान, पद्म ज्योती, प्रदिप कुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज बैद्य र भाष्करराज कर्णिकारले संयुक्त हस्ताक्षर गरेर बुझाएको ज्ञापन पत्रमा देशको संक्रमणकाल अन्त्यका लागी प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीले निर्वाह गरेको भूमिकाको उच्च प्रसंशा गरिएको छ । 

२०७४ मंसिर २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्