Birendranagar Municipality

समृद्धिका लागि नयाँ सरकारसंग सहकार्य गर्छौ : भारत

सेरोफेरो
समृद्धिका लागि नयाँ सरकारसंग सहकार्य गर्छौ : भारत

२९ मंसिर । छिमेकी मुलुक भारतले नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएकोमा स्वागत गर्दै बधाई समेत दिएको छ।

 

तर निर्वाचनमा वाम गठबन्धनले पाएको स्पष्ट बहुमतबारे नबोलेको भारतले लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित नयाँ सरकारसँग सहकार्य गर्न इच्छा जनाएको छ।

 

‘भारतको सदियौं देखिको मित्रवत सम्बन्ध रहेको नेपालमा सम्पन्न चुनावका लागि हामी नेपाल सरकार र जनतालाई बधाई दिन चाहन्छौं’, भारतीय विदेश मन्त्रालयको साप्ताहिक प्रेस ब्रिफिङका क्रममा प्रवक्ता रविश कुमारले बिहिबार भने, ‘लोकतान्त्रिक रुपमा निर्वाचित नेपाल सरकारसँग शान्ति, स्थिरता, र आर्थिक समृद्धिका लागि सहकार्य गर्न चाहन्छौं।’


बाम गठबन्धनका नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भारतले बधाई नदिएपनि अव बन्ने सरकारसंग हातेमालो गरेर जाने दिल्लीको चाहाना बाहिर आएको हो ।

२०७४ मंसिर २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्