२९ मंसिर । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्बाचनमा सल्यानबाट उम्मेदवारी दिएका स्वतन्त्र सहित १५ जनाले आफ्नो जमानत जोगाउन सकेनन् । प्रतिनिधि सभा तर्फ स्वतन्त्र सहित ६ जना र प्रदेश सभा तर्फ ९ जना उम्मेदवारहरुले आफ्नो जमानत गुमाएका हुन् ।
मुख्य निर्बाचन अधिकृतको कार्यालय सल्यानका अनुसार प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार उमाकान्त शर्मा, नेकपा मालेका बल बहादुर गिरी, राष्ट्रिय जनमुक्ति पार्टीका खड्ग बहादुर पुन, नयाँ शाक्ति पार्टी नेपालका सुमन कुमार बिश्वकर्मा, राष्ट्रिय जनमोर्चाका ढकन प्रसाद शर्मा र एकिकृत राप्रपा (राष्ट्रबादी)का गुरु प्रसाद भण्डारीको जमानत गुमेको हो ।
त्यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका नेकपा माले समाजदबादी पार्टीका टोप बहादुर रोका र राष्ट्रिय जनमोर्चाका दले बुढामगर रहेका छन् । त्यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका राष्ट्रिय जनमुक्ति पार्टीका दण्ड बिर पुन, नेकपा माले समाजदबादी पार्टीका हिमलाल बुढाथोकी, नयाँ शक्ति पार्टी नेपालका बिमल राज डिसी, स्वतन्त्र जित बहादुर पुन, राप्रपा प्रजातान्त्रीकका बेदप्रसाद खत्री, स्वतन्त्र धन बहादुर बिश्वकर्मा र जन शमाजबादी पार्टीका शोभा राम थापा क्षेत्री रहेका छन् ।
मंसिर २१ गतेको प्रतिनिधि सभा सदस्य निर्बाचनका लागि प्रति उम्मेदवार १० हजार र प्रदेश सभाका लागि ५ हजार धरौटी कायम गरिएको थियो भने दलित, महिला, अल्पसंख्यकहरुको हकमा ५० प्रतिशत छुटको ब्यवस्था कायम गरिएको मुख्य निर्बाचन अधिकृत मदन बहादुर धामीले बताए ।
कार्यलयले प्रतिनिधि सभा सदस्यका लागि १० हजार र प्रदेश सभाका लागि ५ हजार रुपैयाँ धरौटी तोेकेको थियो । निर्बाचन आयोगको ब्यवस्था अनुसार सम्बन्धित क्षेत्रमा कूल खसेको सदर मतको १० प्रतिशत मत सम्बन्धित उम्मेदवारले प्राप्त गर्नुपर्ने संबैधानीक प्राबधान छ । सल्यानका १५ जना उम्मेदवारले १० प्रतिशत मत प्राप्त गर्न नसक्दा जमानत खोसिएको निर्बाचन सहायक कर्मचारी सुरेश कुमार खड्काले बताए ।
प्रतिकृया दिनुहोस्