२९ मंसिर । नेपाल नेत्रहीन संघ सुर्खेत परियोजनाले दृष्टिबिहीन विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । शुक्रबार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी विद्यालय तह र क्याम्पसमा अध्ययनरत ४ जनालाई ३६ हजार रुपैया बरावरको छात्रवृत्ति प्रदान गरिएको हो ।
छात्रवृत्ति पाउनेमा स्नातक तहमा अध्ययनरत दृष्टिविहीन बसन्त जैसी, वीरेन्द्र वली र कुस्मा सुनार तथा प्लस टु पढ्ने प्रमेश सिंह ठकुरी रहेका छन् ।
दृष्टिबिहीन बिद्यार्थीहरूलाई पठन पाठनमा सघाउन तथा उनीहरूको शैक्षिक मनोबलमा सहयोग पुगोस भन्ने उद्धेश्यले बिगत दुई बर्ष देखि परियोजनाले उक्त छात्रवृत्ति दिंदै आएको परियोजना संयोजक रीता चन्दले बताइन् ।
संघकी अध्यक्ष तारा ढकाल तथा नगर शिक्षा समिति प्रमुख गजेन्द्र कुमार केसीले संयुक्त रुपमा उक्त छात्रवृत्ति वितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस्