Birendranagar Municipality

अपरेशन ओसामा विन लादेन

उनी बस्ने कोठामा झ्याल नै थिएन । झ्याल नराख्नु उनको सुरक्षाका लागि थियो । तर आज त्यही नै उनको ज्यान लिने कारण बन्यो ।
अपरेशन ओसामा विन लादेन

आजभन्दा ठिक छ वर्ष अगाडी पाकिस्तानमा लुकिरहेका ओसामा विन लादेनलको हत्या गएिको थियो । २ मे का दिन व्हाईट हाउसमा अमेरीकी राष्ट्रपति बाराक ओबामाका खास–खास मानिसहरुको उपस्थिति शुरु भै सकेको थियो । 

राष्ट्रिय सुरक्षा टिमले व्हाईट हाउसमै एउटा सञ्चार केन्द्रको स्थापना गर्‍यो । अफगानिस्तानको जलालाबादमा रहेका एडमिरल मेक्रावेनसँग त्यसलाई जोडियो । सीआईएको मुख्य केन्द्र र पेन्टागनमा पनि भिडियो लिङ्क जोडियो ।


जनरल जेम्स कार्टराइटले यो सबै कुराको निगरानी गरिरहेका थिए । अमेरीकी समय अनुसार दिउसो १ बजेर २२ मिनेट जाँदा सीआईए प्रमुख लिओन पनेटाले अफगानिस्तानमा रहेका एडमिरल मेक्रावेनलाई आदेश दिए–‘गो इन दिएर एन्ड गेट बिन लादेन ।’


त्यतिबेला पाकिस्तानमा रातको ११ बजेको थियो । ओसामा विन लादेनको परिवार आराम गर्ने तयारीमा थियो । अफगानिस्तान र पाकिस्तानको समय आधा घण्टा फरक छ । अफगानिस्तानमा १० बजेर ३० मिनेट गएको थियो ।


अमेरीकी नौसेनाका २३ जवान ब्ल्याक हाक हेलिकोप्टरमा सवार भए । यो टिममा २ जना दोभाषे पनि थिए । साथमा थियो कैरो नाम गरेको एउटा कुकुर । सबैले बुलेटपु्रफ ज्याकेट लगाएका थिए । ठिक ११ बजे अफगानिस्तानको जलालाबादबाट पाकिस्तानका लागि उडान भरे ।


ओसामा बिन लादेनको जीवनमाथि किताव लेखेका पीटर बर्गेनका अनुसार–हेलिकोप्टरबाट सानो आवाज आएको थियो । हेलिकप्टरका पङ्खालाई बिषेश प्रकारले तयार गरिएको थियो । पाकिस्तानको राडारले थाहा नपाउने गरी बिषेश सावधानी अपनाईएको थियो । ‘नैप अफ द अर्थ फरमेन्सन’मा उडिरहेका थिए । अर्थात जमिनको सतह नजिकै उडिरहेका थिए तर रफ्तार निकै तेज थियो ।


गेटिङ बिन लादेन आलेख लेख्ने निकोलस शिमिडिलका अनुसार–ब्ल्याक हाक हेलिकोप्टर उडेको ४५ मिनेटपछि अरु ४ वटा हेलिकोप्टर पाकिस्तानका लागि उडेका थिए । चारमध्ये दुई वटा पाकिस्तानको सिमा नजिकै बसे भने बाँकी दुई वटा पाकिस्तानको सिमा पार गरेर गए । अपरेशनमा कुनै किसिमको खतरा आएमा सहयोगका लागि यो तयारी गरिएको थियो ।


ब्ल्याक हाक हेलिकोप्टर उत्तर पश्चिमतर्फबाट एबटाबादमा प्रबेश ग¥यो । तर ल्याण्ड गर्दा समस्या भएर खस्न थाल्यो । यसका लागि सेना पहिले नै तयार थिए । धेरै पटक अभ्यास गरेका थिए । फेरी विन लादेन बसेको घरको पर्खाल ढुङ्गाले बनेको थियो । हेलिकोप्टरको पुच्छर पर्खालमा ठोकिए जसका कारण पछाडिका पङ्खा भाँचिए । उता ‘सर रुम’मा बसेका बाराक ओबामा यो सबै दृष्य हेरिरहेका थिए ।


एडमिरल मेक्रावेनले सीआईए प्रमुख पेनेटातर्फ हेर्दै भने–तपाईंहरुले हेरिरहनु भएको छ । हेलिकोप्टर खसिसकेको छ यसकारण मिसनलाई अलिकति फेरबदल गर्दैछु । यस किसिमको समस्याका लागि मेरा जवानहरु तयार छन् । उनीहरुलाई राम्रोसँग थाहा छ यस्तो समयमा के गर्ने ?


यसैबीच अर्को हेलिकोप्टर बाहिर ल्याण्ड ग¥यो । बाहिर नियन्त्रण गर्नका लागि केही जवान, दोभाषे र कुकुर परिचालन भए । कैरो नामक कुकुरलाई बिषेश प्रशिक्षित गरिएको थियो । कुकुरको काम थियो भित्रबाट बाहिर र बाहिरबाट भित्र कसैलाई पनि आउन जान नदिने ।


घरको माथिल्लो तलामा बसेको ओसामा बिन लादेनले आफ्नो घरमा भैरहेका गतिबिधि थाहा पाउन सकेनन् । उनी बस्ने कोठामा झ्याल नै थिएन । झ्याल नराख्नु उनको सुरक्षाका लागि थियो । तर आज त्यही नै उनको ज्यान लिने कारण बन्यो ।


पीटर बर्गेन भन्छन्–लादेनको कोठामा एके–४७ राईफल र माकारोव मशिन पेस्तोल थियो । बाहिरको हल्ला सुनेर लादेनले फलामको ढोका खोल्यो सिंढीमा अमेरिकी सेनालाई देखेर हतियार भएतिर दौडियो तर ढोका बन्द गर्न बिर्सियो । तुरुन्तै सेनाका जवान उसको कोठामा छिरे । गोली चलाए लादेनको बाँया आँखा र छातीमा गोली लागेको थियो ।


निकोलस शिमिडिल लेख्छन्–एक स्पेशल अपरेशन अफिसरका अनुसार लादेनलाई जिउँदै समात्ने कुनै योजना नै थिएन । न त यो फैसला त्यहाँ लिईएको हो । यो त सबै पूर्व योजना अनुसार नै भएको हो । तर अमेरिकाको भनाई थियो यदी लादेनले आत्मसमपर्ण गरेको भए उसलाई मार्ने योजना थिएन ।


(बिबिसीको सहयोगमा)

२०७४ बैशाख २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्