१ पुस । भारतीय कांग्रेसका युवा नेता राहुल गान्धी पार्टि अध्यक्ष बनेका छन् । सम्हालेका छन्। शनिबार सोनिया गान्धीले राहुललाइ अध्यक्षको जिम्वेवारी हस्तान्तरण गरेकी हुन् ।
यसअघि मोतिलाल नेहरु, जवाहरलाल नेहरु, इन्दिरा गानेधी, राजीव गान्धी र सोनिया गान्धीले नेतृत्व सम्हालि सकेका छन्।
राजीव गान्धीको हत्याको सात वर्षपछि पार्टी नेतृत्व सम्हालेकी सोनिया गान्धीले १९ वर्षपछि राहुललाइ जिम्वेवारी सुम्पेकी हुन् ।
Former PM Manmohan Singh presents a memento to Smt. Sonia Gandhi for her immense contributions to India and the Congress Party. #ThankYouSoniaGandhi#CongressPresidentRahulGandhi pic.twitter.com/sJZf4U7VxA
— Congress (@INCIndia) December 16, 2017
भारतीय कांग्रेसका प्रवक्ता राजदीप सिंह सूर्जेवालाले सोनिया गान्धीले कांग्रेस अध्यक्षको पद मात्र त्याग गरेको तर राजनीतिबाट सन्यास नलिएको ट्वीट मार्फत जानकारी दिएका छन्।
सोनिया गान्धीको अध्यक्षतामा पार्टीले सन् २००४ देखि दुई पदावधिसम्म केन्द्रमा संयुक्त प्रगतिशील गठबन्धनको नेतृत्वमा सरकार चलाएको थियो।
यसअघि पार्टीको उपाध्यक्ष रहेका ४८ बर्षिया राहुल गान्धीलाई सभापतिका रुपमा जिम्मा लिन पार्टीको केन्द्रीय कार्यकारीले गत साता आग्रह गरेको थियो।
१३२ वर्ष देखि गान्धी नेहरु परिवारबाटै पार्टीको नेतृत्व सम्हालेका छन् ।
(एजेन्सीको सहयोगमा)
प्रतिकृया दिनुहोस्