२ पुस । नेपालमा पहिलो पटक संघियताका मर्म अनुसार स्थानिय तह कार्यान्वयनमा आएको नौ महिना भईसक्यो । त्यति मात्रै होइन देशमा दुई चरणमा प्रतिनिधि र प्रदेश सभाको चुनाव पनि सकिएको छ ।
नेपालमा लामो समय चलेको केन्द्रीकृत राज्य सत्ताको अन्त्य पनि संघियताको मर्म अनुसार नै भएको हो । बैशाख ३१ मा सम्पन्न स्थानिय तह निर्वाचनबाट २ दशक लामो कर्मचारी तन्त्रले जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण पनि गर्यो । सोही अनुसार जनप्रतिनिधिले स्थानिय जनताको भोटको आर्शिबाद लिएर नयाँ काम गर्ने अठोट पनि गरे ।
संविधानले स्थानिय तहलाई दिएको अधिकार र गरेको व्यवस्था अनुसार स्थानिय तह संचालनमा अहिले कठिनाई भएको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा आएको भनिएता पनि स्थानियलाई यो हर्ष न विस्मात जस्तै भएको छ । पहिले सदरमुकाममा रहेको अधिकांश कार्यालय स्थानिय तहमा जाने भनिएको थियो, र सोहि अनुसार स्थानिय तहमा गाउँपालिकाले बैंक संचालन गर्ने भनिएको छ ।
सोहि अनुसार मुगु जिल्लामा चार वटा स्थानीय तह मध्ये तिन वटा स्थानीय तहमा बैंक नहुँदा बैकिङ्ग कारोबार गर्न स्थानिय सदरमुकाम आउनु पर्ने समस्या अझै टरेको छैन् । आर्थिक कारोबार गर्न स्थानिय तहमा नहुदा सदरमुकाममा आईरहनु पर्ने बाध्यताले सिहदरबार गाउँमा आएको अनुभुती नै नभएको स्थानियको गुनासो रहेको छ ।
स्थानियले मात्र होईन स्थानिय तहका कर्मचारीलाई त्योे समस्याले पिरोलेको छ । चुनावको बेला भोट माग्दा जनता माझ सुरक्षा, शैक्षिक,स्वास्थ्य सेवा र बैंक पनि स्थानीय तहमा संचालन हुन्छ भनेर जितेका प्रतिनिधि पनि सदरमुकाम आएको देख्दा हाम्रो त आसै मर्छ । सोरु गाउँपालिकाका बिर्ख बहादुर शाही भने । सिंहदरबार साच्चै गाउँगाउँमा आएको होईन भनिएको मात्र रैछ शाहि भन्छन् ।
गाउँपालिकामा बैंक नहुँदा बैकिङ्ग सेवाका सबै काम गर्न दुई दिन हिँडेर सदरमुकाम आउनु पर्ने बाध्यता रहेको शाहिले सुनाए । शाहि मात्र होईन मुगु जिल्लाका अधिकांश स्थानिय गाउँपालिकामा बैंक नहुँदा स्थानिय र स्वयम गाउँपालिका जनप्रतिनिधि हरु बैकिङ्ग कारोबार गर्न सदरमुकाम गमगढी आउने गरेका छन ।
सदरमुकाममा राष्टिय वाणिज्य बैंक ,कृषि विकास बैंकले सदरमुकाम बसेर सेवा दिईरहेका छन् । जिल्ला सदरमुकाम गमगढीमा ३ वटा बैंकहरुले सेवा दिइरहेको भए पनि जिल्लाका खत्यड गाउँपालिका, सोरु गाउँपालिका र मुगुम कामरोङ्ग गाउँपालिकामा कुनै बैंकहरु छैनन् ।
मुगुका तिन स्थानीय तहका गाउँपालिकामा अहिले सम्म पनि संचालनमा आउन सकेका छैनन् ।मुगु जिल्लाका केहि गाउँमा जान एक, दुई दिन सम्म पनि लाग्ने भएकोले बैंकहरु नहुदाँ सदरमुकाम नै आएर सबै काम गर्नुपर्ने र गाउँपालिका मा बैंक नहुँदा गाउँपालिका का करोडौं बजेट झोलामा बोकेर लैजानु पर्ने भएका कारणले असुरक्षा पनि निकै हुने गरेको जनप्रतिनिधिहरुले नै बताउने गरेका छन् ।
प्रतिकृया दिनुहोस्