२ पुस । विकास सहित हरेक पक्षमा पछि परेको डोल्पामा ६ वर्ष अघि स्थापना भई नियमित सञ्चालनमा रहेको डोल्पाको पहिलो सामुदायिक रेडियो डोल्पा एफ.एम. १०१.४ मेगाहर्ज ऋण लिएर रेडियोको क्षमता अभिवृद्धि गरिएको छ ।
आइतवार दिउसो ३ बजे रेडियो डोल्पा एफ.एम. १०१.४ मेगाहर्जको कार्यालय डोल्पाको कार्यालयमा आयोजित एक सामान्य कार्य जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढा र ठुलीभेरी नगरपालिका दुनै डोल्पाका प्रमुख गणेशबहादुर शाहीले संयुक्त रुपमा ५०० वाटको ट्रान्समिटरको स्वीच अन गरेर क्षमता वृद्धि भएको रेडियोको उद्घाटन गरेको रेडियो डोल्पा एफ.एम. डोल्पाले जनाएको छ ।
२०६८ माघ ३ गतेबाट प्रशारण सुरु भएको डोल्पाको पहिलो सामुदायिक रेडियो डोल्पा एफ.एम. ले क्षमता विकासका लागि नेपाल सरकार प्रेस काउन्सिल नेपालको मिडिया विकास कोष मार्फत व्याज अनुदान दिने सहमतिमा भए पछि लामो समयको प्रयासले कृषि विकास बैंक डोल्पाले उपलब्ध गराएको ८ लाख ऋणबाट ५०० वाटको ट्रान्समिटर र डिजिटल मिक्सर किनि ल्याएर आइतवार दिउसोको प्रशारण सुरु हुने समय दिउसो ३ बजेबाट ५ सय वाटको ट्रान्समिटर अन गरी डोल्पामा पहिलो पटक ५ सय वाट क्षमताको रेडियो सञ्चालन भएको हो ।
प्रतिकृया दिनुहोस्