Birendranagar Municipality

माओवादी केन्द्रको बैठक जारी : पार्टि एकता र सरकार गठन बारे छलफल

सेरोफेरो
माओवादी केन्द्रको बैठक जारी : पार्टि एकता र सरकार गठन बारे छलफल

३ पुस । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सकिए लगतै नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय समिति बैठक सोमबार बसेको छ ।

 

बैठकले निर्वाचनको समग्र समीक्षा गर्नुका साथै नयाँ सरकार गठन, एमालेसँगको पार्टी एकता बारेमा छलफल गर्ने बताइएको छ ।


बैठकमा निर्वाचनको समिक्षा र नयाँ बन्ने सरकार र एमालेसँगको एकताबारे पार्टीको ठोस धारणा तय गर्न माओवादी केन्द्रले सोमबार पार्टी केन्द्रीय समिति बैठक बोलाएको हो ।

 

केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा माओवादीका नेताहरुले निर्वाचनमा मिलेको सफलता, सरकार गठन र एमालेसँगको एकता प्रक्रिया अघि बढाउनेबारे पार्टी नेतृत्वलाई सुझाव दिइरहेको जनाइएको छ ।

 

२०७४ पुस ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्