Birendranagar Municipality

राष्ट्रियसभा गठनपछिमात्र नयाँ सरकारः कानुनमन्त्री थापा

सेरोफेरो
राष्ट्रियसभा गठनपछिमात्र नयाँ सरकारः कानुनमन्त्री थापा

३ पुस । राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने कानूनमन्त्री यज्ञबहादुर थापाले बताएका छन् । राष्ट्रियसभा गठनपछिमात्र नयाँ सरकार गठनको लागि बाटो खुल्ने उनले बताए ।


उनले वाम गठबन्धनका नेताद्वय केपी ओली र प्रचण्डले अहिल्यै कुर्सी छोड भनेर देउवाको राजीनामा माग्नु दम्भ र उत्तेजना भएको बताए ।


सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै कानुन मन्त्री थापाले भने, ‘यो चुनावी सरकार हो, राष्ट्रियसभाको निर्वाचन गर्न बाँकी नै छ, हामी निर्वाचन सम्पन्न गरेर मात्रै सरकार छाड्छौं ।’ राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि भने सरकार छोड्न आफूहरु तयार रहेको उनले स्पष्ट पारे ।

 

सरकारले दुई महिना अघि नै राष्ट्रियसभा सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाएपनि प्रमाणीकरण हुन नसक्नु दुःखद् भएको थापाले टिप्पणी गरे । उनले भने, ‘राष्ट्रपतिसँग अर्को विकल्प छैन, अध्यादेश स्विकृत गर्नैपर्छ ।’

२०७४ पुस ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्