Birendranagar Municipality

समृद्ध प्रदेश निर्माणमा लाग्छुः रेग्मी (भिडियाे सहित)

सेरोफेरो
समृद्ध प्रदेश निर्माणमा लाग्छुः रेग्मी (भिडियाे सहित)

३ पुस । दैलेख क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य धर्मराज रेग्मीले प्रदेश नं. ६ लाई गरिबी र पछौटेपनबाट माथि उठाउन लागिपर्ने बताए ।


प्रदेश नं. ६ समग्रमा प्रशस्त सम्भावना भएको तर पिछडिएको क्षेत्र भएकोले यसलाई विकासको मुलधारमा ल्याउनको लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । स्थानीय सरकारले अधिकारको सही प्रयोग गर्नुपर्ने र स्वेच्छाचारी तरिकाबाट चल्न नहुने समेत रेग्मीले बताएका छन् ।


उनका अनुसार सरकारले राष्ट्रिय सभाको निर्वाचन पहिला कि सरकार गठन पहिला भन्ने विवाद गर्न आवश्यक नभएको बताए । संवैधानिक कानुनका जानकार समेत रहेका रेग्मीले संविधानमा स्पष्ट व्यवस्था भएपनि सरकारले यस सम्बन्धमा अनावश्यक बखेडा झिकेको उनको आरोप छ ।


यस प्रदेशका युवाहरुलाइ खाडीबाट बारीमा ल्याउने योजना आफूसंग भएको रेग्मीले बताए । गाउँमै रोजगारीको वातावरण तयार गर्न प्रदेश सरकार र सदनमा भुमिका खेल्ने समेत बताए । कानुनमा स्नातकोत्तर गरेका रेग्मीलाई प्रदेश सभाको सम्भावित सभामुख वा प्रदेश सरकारको कानुन मन्त्रीको रुपमा हेरिएको छ ।

 

पुरा अन्तर्वार्ता हेर्नुहाेस्ः

  

२०७४ पुस ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्