७ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले हालैमात्र सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट राष्ट्रिय दल बनेका पाँच राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीका सञ्चार विज्ञ गोविन्द परियारले जानकारी दिए ।
बैठकमा निर्वाचन मतपरिणाम प्रकाशन, राष्ट्रिय सभाको गठन लगायतका समसामयिक राजनीतिक विषयमा देखिएका विवादबारे छलफल गरिने छ ।
प्रतिकृया दिनुहोस्