Birendranagar Municipality

अमेरिकाको विपक्षमा नेपालको मत

सेरोफेरो
अमेरिकाको विपक्षमा नेपालको मत

७ पुस। संयुक्त राष्ट्रसंघ महासभाको बहुमतले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिने अमेरिकी निर्णयलाइ अस्वीकार गरेको छ । नेपालले समेत अमेरिकाको विपक्षमा मतदान गरेको हो ।

 

१२८ मुलुकहरूले प्रस्तावको पक्षमा मतदान गरेभने ९ वटा मुलुकहरूले मात्रै विपक्षमा। ३५ वटा मुलुकहरू मतदानमा अनुपस्थित रहेका थिए ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिने घोषणा गरेका थिए ।


असन्तुष्ट देशहरुले अमेरिकाको नाम उल्लेख नगरी जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिने निर्णय उल्टाउने प्रस्ताव महासभामा लगिएको थियो ।

 

आफ्नो प्रशासनको विपक्षमा उभिने देशहरुलाई सहायता रोक्ने खुल्ला चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् । साथै उनले वाशिङटनको ठूलो परिमाणको रकम जोगिने उल्लेख गरेका थिए।

(एजेन्सीको सहयोगमा)

२०७४ पुस ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्