Birendranagar Municipality

प्रधानमन्त्रीले बोलाएको बैठक निष्कर्शबिहिन

सेरोफेरो
प्रधानमन्त्रीले बोलाएको बैठक निष्कर्शबिहिन

७ पुस । प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको राष्ट्रिय दलहरु विचको बैठक विनानिष्कर्श टुंगिएको छ । बर्तमान गतिरोधको अन्त्य, अध्यादेश तथा नयाँ सरकार गठनका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।

 

सरकारले राष्ट्रपति समक्ष पठाइएको राष्ट्रिय सभासम्बन्धी अध्यादेश पारित गरिनुपर्ने काँग्रेरको अडान पछि बैठक निचोडमा नपुगी सकिएको हो ।

 

बैठकमा मंसिर १० र २१ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय मान्यता प्राप्त पाँच दलका नेताहरु मात्र सहभागी थिए ।

 

पत्रकारहरुसँग प्रतिकृया दिंदै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रिय सभा गठनका लागि वाम दलहरु सहमत नभएपछि बैठकमा कुनै सहमती हुन नसकेको जानकारी दिए ।

 

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जनताले नयाँ जनादेश दिइसकेकाले अब कांग्रेसले ‘हलो अड्काउने काम गनए नहुने प्रतिकृया दिए ।

 

२०७४ पुस ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्