८ पुस । वीरेन्द्रनगरको मंगलगढी नजिक बसपार्कबाट गोदामलाइन जाने बाटोको बायाँतर्फ रहेका पसलमा शुक्रबार राती भीषण आगलागी भएको छ । विद्युत् सर्ट भएर लागेको हुनसक्ने अनुमान गरिएको आगलागी २ घन्टा पछी नियन्त्रणमा आएको थियो ।
आगो निभाउन नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना र स्थानियबासी जुटेका थिए । सुर्खेत र छिन्चु को दुइवटा दमकल, दुइवटा जेसिबी र करिब १० ट्यान्कर पानी प्रयोग गरी आगो नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
आगलागी बाट करिब आधा दर्जन फेन्सी पसल, सब्जी मण्डी र मिठाई पसलमा पुर्णरुपमा क्षति पुगेको छ ।
प्रतिकृया दिनुहोस्