Birendranagar Municipality

उत्तर कोरियाविरुद्ध राष्ट्रसंघको कडा प्रतिबन्ध

सेरोफेरो
उत्तर कोरियाविरुद्ध राष्ट्रसंघको कडा प्रतिबन्ध

पुस ८ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाले हालै क्षेप्यास्त्र परीक्षण गरेको विषयलाइ लिएर प्रतिक्रियास्वरुप कडा प्रतिबन्धहरु लगाउन सर्वसम्मतिले मतदान गरेको छ।

 

संयुक्त राज्य अमेरिकाको प्रस्तावमा उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले घटाउने लगाएतका कदमहरु समावेश गरिएका छन् ।

 

उत्तर कोरियाका प्रमुख व्यापार साझेदारहरु चीन र रुसले समेत प्रतिबन्धको पक्षमा मतदान गरेका छन् । उत्तर कोरियाले पहिल्यैदेखि अमेरिका, संयुक्त राष्ट्रसंघ र युरोपेली संघका कैयौँ प्रतिबन्धहरु झेलिरहेको छ।

 

राष्ट्रसंघको यो निर्णयको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्वागत गरेका छन् । उनले 'विश्वले मृत्यु नभई शान्ति चाहेको' भन्दै ट्वीट गरेका छन्।


उत्तर कोरियाको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई लिएर यो वर्ष तनाव चुलिएको हो।

 

विश्व शक्तिहरुले बन्द गर्न दबाब दिइरहे पनि उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

(एजेन्सीको सहयोगमा)

२०७४ पुस ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्