तस्विर : ए.एफ पि
८ पुस । दक्षिणी फिलिपिन्समा आँधीका कारण कम्तीमा ७४ जनाको ज्यान गएको बताइएको छ भने दर्जनौं हराइरहेका छन् ।
टेम्बिन नामक आँधीले मिन्डनाउ टापुका धेरै भागहरुमा बाढी तथा पहिरो समेत निम्त्याएको संचार माध्ययमहरुले जनाएका छन् ।
टुबोड र पिआगापो शहर सबैभन्दा बढी प्रभावित भएका छन् जहाँ कैयौँ घरहरु ढुङ्गाले पुरिएका छन्। प्रतिघण्टा ८० किलोमिटर वेगको उक्त आँधी मिन्डनाउ टापु पार गर्दै दक्षिणी पालावनतर्फ बढिरहेको छ ।
फिलिपिन्स नियमितजसो विध्वंसात्मक आँधीको चपेटामा पर्दै आए पनि मिन्डनाउ शहर खासै प्रभावित हुने गरेको थिएन ।
एक हप्ताअघि काइ टाक नामक आँधीका कारण मध्य फिलिपिन्समा दर्जनौं मानिसको ज्यान गएको थियो ।
(एजेन्सीको सहयोगमा)
प्रतिकृया दिनुहोस्