Birendranagar Municipality

पञ्चपुरीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

सेरोफेरो/सुर्खेत

८ पुस । पञ्चपुरी ४ बाबियाचौरमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । युएसएड/साझेदारी विकास परियोजनाको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्था सुर्खेत र वडा कार्यालयको समन्वयमा उक्त शिविरको आयोजना गरिएको थियो ।

 

शिविरमा हेपाटाइटिस, सुगर, ब्लड प्रेसर, जनरल जाँच तथा दाँत निकाल्ने सेवा उपलब्ध गराइएको सुन्दर नेपाल संस्थाका कार्यक्रम अधिकृत टिकाराम ढकालले जानकारी दिए । उक्त शिविरमा ९५ महिला र ६६ पुरुष गरी १६१ जनाले सेवा लिएको उनले बताए ।

 

स्वास्थ्य चौकीमा आयोजना गरिएको एक दिने शिविर सञ्चालनमा ग्रामीण एकता युवा समुहले सहजीकरण गरेको थियो । 

२०७४ पुस ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्