Birendranagar Municipality

छाउपडी र बालविवाह अन्त्यका लागि स्थानीय सरकार प्रतिबद्ध

सेरोफेरो

८ पुस । दैलेखको आठबिस नगरपालिकामा स्थानीय सरकार र जनताले छाउपडी तथा बालविवाह न्यूनिकरण गर्ने साझा प्रतिबद्धता जनाएका छन् ।

 

बिभिन्न संघ संस्थाको अगुवाईमा केही समय अघि यहाँस्थित सबै गाविसहरुलाई छाउपडी मुक्त क्षेत्र घोषणा गरेता पनि कार्यान्वयन नभएकोले स्थानीय सरकार अग्रसर भएको हो । नगरपालिकाको आयोजनामा शनिबार गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा अवको एक बर्ष भित्र सवैले मिलेर नगरलाई छाउपडीमुक्त क्षेत्र बनाउने प्रतिबद्धता गरिएको हो ।

 

छाउपडी समस्या समाधानका लागि स्थानीय सरकार र आम नागरिकहरु मिलेर काम थाल्नुपर्ने आठबिस नगरपालिका दैलेखका प्रमुख खड्गराज उपाध्यायले बताए । जिल्ला समन्वय समिति दैलेखका संयोजक प्रेम थापाले छाउपडी प्रथा, बाल बिवाह, महिला हिंसा लगायतका बिषयहरुमा जिल्लाभरका ११ वटै स्थानीय तहसंग समन्वय गरेर अभियानकै रुपमा थालनी गर्ने बताएका छन् ।


कार्यक्रममा स्थानीय सरकारले दिने सेवा सुविधा प्रभावकारी बनाउने, विकासका गतिविधिहरुमा स्थानीय जनताले खवरदारी गर्ने, साथै राकम कर्णाली बजारलाई पर्यटकिय आर्कषणको रुपमा बिकास गर्ने लगायतका विषयमा छलफल भएको थियो । स्थानीयसंग मिलेर नगरपालिकाले मदिरा नियन्त्रण गर्ने तथा बजार सरसफाई अभियान थाल्ने पनि जनाएको छ ।

 

केन्द्र सरकारले पहिलो चौमासिक अवधिमा आएको बजेटको बिभिन्न बिषयगत कार्यालयहरुको खर्चको प्रर्ण बिवरण नदिएका कारण दोस्रो चौमासिक अवधि अगावै पुनः बजेट संशोधन गरेर बिषयगत कार्यालयहरुको बिकासमा खर्च गर्ने प्रतिबद्धता पनि गरिएको छ ।

 

आठवीस नगरपालिका दैलेखको आयोजनामा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण धमाका दैनिक दैलेखले गरेको थियो भने डि.सि.ए., सेभ द चिल्डेन, सामाजिक सेवा केन्द्र सोसेकको आर्थिक सहयोग रहेको थियो ।

२०७४ पुस ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्