९ पुस । प्रदेशको सम्भावीत राजधानी सुर्खेतमा सुविधासम्पन्न एचडि तथा थ्रिडी हल संचालनमा आएको छ । वीरेन्द्रनगर स्थित लक्ष्मि चलचित्र मन्दिरमा अत्याधुनिक सुविधासम्पन्न ( एचडी थ्रिडी) प्रविधि सहित पुस ७ गतेबाट संचालनमा आएको छ ।
२०३२ सालदेखि संञ्चालनमा ल्याईएको लक्ष्मि चलचित्र मन्दिरमा रिलप्रोजेक्टर मार्फत चलचित्रहरु देखाउने गरिन्थ्यो । प्रविधिको विकाससंगै एचडि थ्रिडी प्रविधिमा दर्शकहरुको आर्कर्षण बढेकाले संञ्चालनमा ल्याईएको लक्ष्मि चलचित्र मन्दिरका संञ्चालक डाक्टर सीं गुरुङले बताए ।
करिब ४ करोड २५ लाख लगानीमा संञ्चालन गरिएको यो हलमा २ सय ४० सिट क्षमता रहेको बताईएको छ । एचडि थ्रिडि प्रविधि संगसंगै अग्रिम टिकट बुकिङ , ई टिकट सेवा, गाडि पार्किङको व्यवस्था लगाएत अन्य सेवाहरु समेत रहेको संञ्चालक गुरुङले बताएका छन् ।
प्रतिकृया दिनुहोस्